नेप्सेमा दोहोरो अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । लगातार तीन दिनको गिरावटपछि बुधबार १५ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोडले बढेर ९८ करोड पुगेको छ ।

बिहीबार सेयर बजार मापक सूचक नेप्से १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा आइपुगेको छ । यसदिन २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.५० प्रतिशतले घटेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको पौने ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ र २ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्कट लागेको छ ।

कालिञ्चोक दर्शन, मोलुङ हाइड्रोपावर र गुराँस लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्त र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको सेयर मूल्य १० प्रतिशतले घटेका छ ।

निगमले १ वर्षमा तिर्‍यो झन्डै ३ अर्ब ऋण Read Previous

निगमले १ वर्षमा तिर्‍यो झन्डै ३ अर्ब ऋण

रुकुम र जाजरकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियो, २ जनाको मृत्यु Read Next

रुकुम र जाजरकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियो, २ जनाको मृत्यु