९ महिनामा २१६ उद्योग दर्ता, पौने २ खर्ब लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा करिब रु २ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार २१६ उद्योगका लागि रु १ खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो ।

उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि रु २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार ८६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै ३ हजार ६१२ जनालाई रोजगारी दिने उल्लेख छ ।

यस्तै, नौ महिनामा २५३ वटा विदेशी लगानीका उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार ४४६ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा रु ८ अर्ब ९१ करोड १२ लाख ६४ हजार ६९० विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा रु २ अर्ब ६४ करोड नौ लाख, भदौमा रु ३ अर्ब ४४ करोड ६५ लाख, असोजमा रु १ अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा रु ३ अर्ब ६५ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस्तैगरी, मङ्सिरमा रु ८० करोड ८ लाख, पुसमा रु ४ अर्ब ८५ करोड २० लाख, माघमा रु १ अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को साउनमा रु ५ अर्ब ५३ करोड ५० लाख, भदौमा रु ६ अर्ब ३२ करोड, असोजमा रु ११ अर्ब ९६ करोड ५ लाख, कात्तिकमा रु ९८ करोड, मङ्सिरमा रु ५ अर्ब १५ करोड ५१ लाख, पुसमा रु ६१ करोड २० लाख, माघमा रु ५३ करोड ९५ लाख र फागुनमा रु २ अर्ब २३ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंबापत रकम फिर्ताको सिफारिस भएको हो ।

विभागले नौ महिनामा रोयल्टीबापत रु २ अर्ब ११ करोड ६ हजार छ३४,  १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभाशंबापत रु ३ अर्ब १४ करोड ५३ लाख २२ हजार २३५ विदेश लैजान सिफारिस गरेको हो ।

यस्तै, रोयल्टीबापत चैत महिनामा रु २० करोड ६० लाख ९ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, १५ लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत १ हजार २२४ जना लगानीकर्ता, १८६ जना प्रतिनिधि र ५२४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले १६६ लगानीकर्ता, ४५ प्रतिनिधि र १४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

एउटै गाउँपालिकामा २ अर्बका सडक योजना सञ्चालन Read Previous

एउटै गाउँपालिकामा २ अर्बका सडक योजना सञ्चालन

नेप्सेमा दोहोरो अंककाे कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंककाे कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट