काठमाडौं । भोलि (बिहीबार) बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ ।
विमानस्थलको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन अनलाइन यूपीएस जडान गर्ने काम हुने भएकाले सो समयमा विमानस्थलबाट कुनै पनि उडान-अवतरण नहुने भएको हो ।
विमानस्थल कार्यालयका अनुसार बिहान ६ घण्टा (१ देखि ७ बजेसम्म) आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द रहने छन् ।
सो समयमा उडान गर्नेले आफ्नो एयरलाइन्स कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन विमानस्थलले यात्रुलाई अनुरोध गरेको छ ।