इङवा हाइड्रोपावरले वैशाख १३ गतेदेखि आइपीओ विक्री गर्ने

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ६८ लाख ६३ हजार ९०० रुपैयाँ बराबरको १२ लाख ६८ हजार ६३९ कित्ता सेयर जारी गर्ने भएको हो।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा वैशाख १७ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख २७ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल ९.७ मेगावाटको इङवा खोला साना जलविद्युत आयोजना संचालन गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

 

सरकारले खुलायो जग्गाको कित्ताकाट Read Previous

सरकारले खुलायो जग्गाको कित्ताकाट

दशक बिताएका राष्ट्रिय गौरवका दर्जन आयोजना, म्याद सकिनै लाग्दा आधा पनि सकिएन काम Read Next

दशक बिताएका राष्ट्रिय गौरवका दर्जन आयोजना, म्याद सकिनै लाग्दा आधा पनि सकिएन काम