प्रभु बैंकका थप १०२ शाखा गाभिँदै, यी ठाउँका बन्द हुने (सूचीसहित)

काठमाडौं । प्रभु बैंकले आफ्ना थप १०२ शाखा कार्यालयहरू एक आपसमा गाभ्ने भएको छ ।

साविकको सेञ्चुरी कमर्शियल बैंकलाई गाभेर पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गरेको प्रभुले एकै स्थानमा दोहोरिएका थप १०२ शाखा कार्यालय गाभ्न लागेको हो ।

बैंकले साविकको सेञ्चुरी कमर्शियल बैंकका ४१ शाखा बन्द गरी प्रभु बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्न लागेको हो । त्यस्तै, साविकको प्रभु बैंकको १० शाखा बन्द गरी साविकको सेञ्चुरी भएको ठाउँबाट कारोबार गर्ने भएको हो ।

शाखा समायोजनपछि बैंकले साविकको सेञ्चुरी कमर्शियल बैंकका ४१ वटा र साविकको प्रभु बैंकको १० गरी ५१ वटा शाखा बन्द गर्ने भएको छ ।

समायोजन तथा स्थानान्तरण भएका शाखा कार्यालयबाट वैशाख १० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।

बैंकले यसअघि विभिन्न ठाउँमा २६ शाखा गाभ्ने तथा स्थानान्तरण गर्ने घोषणा गरिसेकेको छ ।

राहुघाट जलविद्युतको भर्टिकल प्रेसर साफ्टको 'ब्रेक थ्रु' Read Previous

राहुघाट जलविद्युतको भर्टिकल प्रेसर साफ्टको 'ब्रेक थ्रु'

आर्थिक समृद्धिका लागि बिजुली निर्यात आवश्यक : प्रधानमन्त्री  दाहाल Read Next

आर्थिक समृद्धिका लागि बिजुली निर्यात आवश्यक : प्रधानमन्त्री  दाहाल