बीवाइडीका गाडी किन्न एनएमबी बैंकले ८०% ऋण दिने, ब्याजदर कति ?

काठमाडौं । वीवाइडी अटो इन्डष्ट्रीजको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालि र एनएमबी बैंक बीच व्यवसायिक साझेदारी गर्ने सम्झौता भएको छ ।

विद्युतीय सवारी उपभोक्तको पहुँचमा सजिलै पुर्याउने उद्देश्यले दुई कम्पनी बीच वित्तीय सहजीकरण सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बीवाइडीका विद्युतीय सवारी खरिदका लागि एनएमबी बैंकले सुलभ ब्याजदरमा सहजै कर्जा उपलब्ध गराउने छ ।

बैंकले बीवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको छ । अर्थात् ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमै बीवाइडीका गाडी किन्न सक्नेछन् । बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत ब्याजदरमा र त्यसपछिको २ वर्षका लागि समान्य फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको हो ।

साइमेक्सले हाल बीवाइडीको एटो थी र ई सिक्स विक्री गर्दै आएको छ । एटो थ्रीको मूल्य ६४ लाख ९० हजार रहेको छ भने ई सिक्सको ५९ लाख रुपैयाँ रहेको छ ।

ग्राहकले २० प्रतिशत अर्थात् १२ लाख ९८ हजार डाउन पेमेन्ट मा एटो थ्री र ११ लाख ८० हजार डाउन पेमेन्टमै ई सिक्स किन्न सक्नेछन् ।

'पेनिक' सेयर बजारमा नयाँ वर्षसँगै देखिएका 'चाँदीका घेरा' Read Previous

'पेनिक' सेयर बजारमा नयाँ वर्षसँगै देखिएका 'चाँदीका घेरा'

सरकारको  खर्च आम्दानीभन्दा २.१८ खर्ब धेरै Read Next

सरकारको खर्च आम्दानीभन्दा २.१८ खर्ब धेरै