काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफनसीसीआइ)को वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् ।
पहिलो चरणकाे निर्वाचनबाट कुनै उमेदवार विजयी हुन नसकेपिछ दोस्रो चरणमा पुगेका अन्जन र उमेशलाल श्रेष्ठ बीच चुनाव नलड्ने सहमती भएपछि उनी महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।
यसअघि बुधबार भएको निर्वाचनमा कुनै पनि उमेदवारले जितका लागि आवश्यक ५० प्रतिशत मत कटाउन सकेका थिएनन् । वरिष्ठ उपाध्यक्षका लागि अन्जन, उमेशलाल र रामचन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । जसमा अन्जन र उमेशलाल दोस्रो चरणमा पगेका थिए ।
पहिलो चरणमा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरेका थिए भने उमेशलालले ३१.५१मत प्राप्त गरेका थिए । तेस्रो भएका रामचन्द्रले ३०.४६ प्रतिशत मत पाए ।
पहिलो चरणको चुनाव अन्जनले जिल्ला नगर, संघईले एसोसियट र उमेशलाल श्रेष्ठले वस्तुगतमा सबैभन्दा धेरै भोट ल्याएका थिए ।
जिल्ला नगरतर्फ अन्जन श्रेष्ठले सबैभन्दा धेरै ४७ मत पाएका थिए भने रामचन्द्रले ३९ र उमेशलालले २८ मत पाएका थिए । त्यस्तै, वस्तुगततर्फ उमेशलालले ६९, अन्जनले ४१ र रामचन्द्र संघाईले १२ मत ल्याएका थिए ।
त्यसैगरी, एसोसियटतर्फ रामचन्द्र संघईले सबैभन्दा धेरै ६१३ मत पाएका थिए भने अन्जनले ५७५ र उमेशलालले ४२४ मत प्राप्त गरेका थिए ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनका लागि कुल मतको ५० प्रतिशत मत कटाउनुपर्छ । जसमा जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसियटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहेको छ ।