नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । अघिल्ला ३ दिनमा १२५ अंकले बढेको नेप्से वर्ष २०७९ को अन्तिम दिन आज दोहोरो अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३२ करोडले घटेर डेढ अर्बमा सीमित भएको छ ।

बिहीबार सेयर बजार मापक सूचक नेप्से २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा आइपुगेको छ । यसदिन २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २.४८ प्रतिशतले घटेको छ ।

आज पनि शिवम सिमेन्ट सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरीको ६ करोड र एनआइसी एशिया बैंक ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

नेप्सेमा एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत

हाइड्रोले मुहार फेरेको एउटा गाउँ, जहाँ छन् ४२१ मेगावाटका ९ आयोजना Read Next

हाइड्रोले मुहार फेरेको एउटा गाउँ, जहाँ छन् ४२१ मेगावाटका ९ आयोजना