काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बिहीबार महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा महालक्ष्मी विकास बैंकको गत वर्षको नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस बापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, युनियन लाइफको ८.९७ प्रतिशत अर्थात् १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ प्रतिशत अर्थात् ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत तीनै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।