महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को वस्तुगत उपध्याक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

उमेशलाल श्रेष्ठ प्यानलबाट उमेदवारी दिएका ढकालले निकटतम प्रतिस्पर्धी अन्जन श्रेष्ठ प्यानलका मनिषलाल प्रधानलाई ९ मतले पछि पार्दै विजयी भएका हुन् । ढकाले ६१ मत पाउँदा प्रधानले ५२ मत पाएका थिए ।  रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले भने ७ भोट मात्रै पाए ।

त्यसैगरी, महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । रामचन्द्र संघईको प्यानलबाट उमेदवार बनेका वैद्य ६ मतले विजयी भएका हुन्।

वैद्यले ४३ मत पाउँदा निकटतम प्रतिस्पर्धीअन्जन श्रेष्ठ प्यानलका उमेदवार अरुणराज सुमार्गीले ३७ पाए । त्यस्तै, उमेशलाल श्रेष्ठ प्यानलका दिनेश श्रेष्ठले ३४ मत ल्याए ।

महासंघको बुधबार भएको निर्वाचनको मतगणना जारी छ । अब अन्य पदहरूको नतिजा आइसकेको छ भने अब एसोसियट उपाध्यक्ष र वरिष्ठ उपध्याक्षको नतिजा आउन बाँकी छ ।

नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री Read Previous

नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री

एनआइसी एशिया लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

एनआइसी एशिया लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन