काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
साधरण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले भोलि (वैशाख १ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट कर प्रयोजनसहित १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न लघुवित्तले १० गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा होटल गजुर, मोटेपुल धरानमा हुनेछ ।