काठमाडौं । डिजिटिल वालेट सेवा प्रदायक आइएमई पेले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘गोल्डस्टार शुजसँग नयाँ वर्ष २०८०’ अफर ल्याएको हो ।
यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरूबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
यो अफर चैत २७ गतेदेखि आगामी वैशाख ५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सो सम्झौता गरेका हुन ।