काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज दिउँसो आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ३३ हजार ७३० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी २ जनाले थप १/१ कित्ता सेयर पाएका छन् भने साढे ११ लाख बढीको हात रित्तो भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि चैत १९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड ३७ लाख ३० हजार २०० रुपैयाँ बराबरको १३ लाख ३७ हजार ३०२ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मकर जितुमाया सुरी हाइड्रोपावर वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।