काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बुधबार सगरमाथा जलविद्युत् र मोलुङ हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।
दुवै कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणलाई जारी गरेको सेयर सूचीकृत गरेका हुन् ।
नेप्सेका अनुसार सगरमाथा जलविद्युत्को १ करोड १२ लाख कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १११.४१ रुपैयाँदेखि अधिकतम ३३४.२३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । SMJC संकेत चिह्नमा यसको कारोबार खुला हुनेछ ।
त्यस्तै, मोलुङ हाइड्रोपावरको ८० लाख २५ हजार कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ६०.६२ रुपैयाँदेखि अधिकतम १८१.८६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले MHCL संकेत चिह्न प्रदान गरेको छ ।
नेप्सेमा सूचीकरण भएसँगै बिहीबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, भोलि प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।