
काठमाडौं । एमएडब्ल्यू ग्रुप अफ कम्पनिज र एभरेस्ट बैंक बीच सरलकर्जा सम्बन्धी समझदारी भएको छ । सम्झौतापत्रमा एमएडब्ल्यूको तर्फबाट भाइस प्रेसिडेन्ट तेज सुवेदी र एभरेस्ट बैंकको तर्फबाट शाखा प्रमुख डिना श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार एमएडब्ल्यूले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारीसाधन र हेभी इक्विपमेन्ट किन्दा बैंकले सजह फाइनान्सिङ सुविधा उपलब्ध गराउने छ ।
एमएडब्ल्यू ग्रुपले नेपालमा यामाहा, जेसीबी, जीप, स्कोडा, आइचर, फोटन र चांगनको विक्रीवितरण गर्दै आएको छ । एमएडब्ल्यू ग्रुपले आयात गर्ने विद्युतीय सवारीसाधन किन्न बैंकले बेसरेटमा ३.५ प्रतिशत र डिजेल/पेट्रोलबाट चल्ने सवारीसाधन किन्न ४ प्रतिशत प्रिमियम थपेर ऋण उपलब्ध गराउने भएको छ ।
जीप, स्कोडा र चांगन ब्रान्डका ‘पेसेन्जर भेहिकल’मा ८० प्रतिशतसम्म फाइनान्स हुनेछ भने आइचर, फोटन र चांगन ब्रान्डका कमर्शियल भेहिकलमा बैंकले ६० प्रतिशतसम्म फाइनान्स गर्नेछ ।
साथै, जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणलाई पनि एभरेस्ट बैंकले ‘बेस रेट’मा ४ प्रतिशत ब्याज थपी ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने छ ।
अब एमएडब्ल्यूले नेपालमा विक्रीवितरण गर्दै आएको सवारीसाधन तथा हेभी उपकरणहरू एभरेस्ट बैंकको नेपालभर फैलिएका १२४ वटा शाखाबाट सहज ढंगमा फाइनान्सिङ हुनेछ ।