२५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३,५१,७६१ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १,९२,५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

एमसीसीको प्रशारण लाइन निर्माण ४ पालिकाले गरे बहिष्कार Read Previous

एमसीसीको प्रशारण लाइन निर्माण ४ पालिकाले गरे बहिष्कार

महँगी सरकारको नियन्त्रण बाहिर Read Next

महँगी सरकारको नियन्त्रण बाहिर