काठमाडौं । प्रभु बैंकले झापा जिल्लाको भद्रपुरनगरपालिका चन्द्रगढिस्थित प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।
उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन झापा जिल्लाका सहायक प्रमुख तथा जिल्ला अधिकृत कृष्णकुमार निरौलाले गरेका हुन्।
यो काउन्टर संचालनमा आएसँगै बैंकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने विश्वास लिएको छ।
हालसम्म बैंकको १९६ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखारहित बैकिङ सेवा रहेको छ।