नेप्सेमा श्री इन्भेष्टमेन्ट र ङादी ग्रुपको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र ङादी ग्रुप पावरको गत वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा श्री इन्भेष्टमेन्टले गत वर्षको नाफाबाट वितरण गरेको २.४० प्रतिशत बोनस बापतको २ लाख ३० हजार ८२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी,ङादी ग्रुपको ४.७५ प्रतिशत अर्थात् ८ लाख ३९ हजार ४८२.२२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

बैंकको कर्जा लगानी वृद्धिदर एक दशक यताकै कम Read Next

बैंकको कर्जा लगानी वृद्धिदर एक दशक यताकै कम