सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत साता ४१ अंकले घटेको नेप्से आज एकैदिन २८ अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो सुधार आएको छ । गत साता औसतमा दैनिक १ अर्बभन्दा कम कारोबार हुँदै आएकोमा आज १ अर्ब १५ करोडको सेयर किनबेच भएको छ ।

आइतबार सेयर बजार मापक सूचक नेप्से २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा आइपुगेको छ । यसदिन २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २.३५ प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको पौने ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ५ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज माछापुच्छ«े बैंकका डिबेन्चरधनीले सर्वाधिक ७.७५ प्रतिशत गुमाएका छन् । त्यस्तै, कुमारी धनवृद्धि योजना र मायाखोला हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।

हेटौंडाका उद्योगले साढे २ अर्ब विद्युत महशुल तिर्न बाँकी, कारबाही प्रक्रिया अघि बढ्यो Read Previous

हेटौंडाका उद्योगले साढे २ अर्ब विद्युत महशुल तिर्न बाँकी, कारबाही प्रक्रिया अघि बढ्यो

नेप्सेमा श्री इन्भेष्टमेन्ट र ङादी ग्रुपको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा श्री इन्भेष्टमेन्ट र ङादी ग्रुपको बोनस सेयर सूचीकृत