काठमाडौं । धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखराबाट धौलागिरि बेस क्याम्पका लागि उडेको ‘९ एन एएनबी’ कार्गो हेलिकप्टर दुर्घटनामा परेको हो
उक्त हेलिकप्टर धौलागिरि बेस क्याम्मपमा अवतरणका गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको हेलिकप्टरको पाइलट प्रिया अधिकारी घाइते भएको बताइएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ ।