राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, छानबिन समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गर्भनर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । राष्ट्र बैंक ऐन अनुसार श्रेष्ठमाथि परेको उजुरीको विषयमा छानबिन समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका हुन् ।

 

राष्ट्र बैंकले श्रेष्ठमाथि छानबिन गर्न सोमबार ३ सदस्यीय समिति गठन गरेको छ । सरकारले श्रेष्ठको विषयमा छानविन गर्न निर्देशन दिएपछि श्रीराम पौडेलको संयोजकत्वमा डा. सुबोधकुमार कर्ण र रामजी रेग्मी सदस्य रहेको ३ सदस्यीय समिति गठन गरेको हो ।

 

श्रेष्ठमाथि लागेका आरोपहरुको छानबिन गर्न एक महिनाको समय दिइएको छ । छानबिन समितिले श्रेष्ठलाई दोषी फेला गरेमा एकपटक स्पष्टीकरणको मौका दिइने राष्ट्र बैंकले बताएको छ । स्पष्टीकरण चुत्तबुझ्दो नभए श्रेष्ठलाई बर्खास्त गरिनेछ ।

 

श्रेष्ठमाथि वित्तीय स्थायित्वमा खलल पर्ने काम गरेको, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा विभिन्न उजुरी परेको र विभिन्न बैंकको खराब कर्जा लुकाउन भूमिका खेलेको लगायतका आरोप लागेका छन् ।

सहकारीको ४३ करोड हिनामिना गर्ने चारजना कारागार चलान Read Previous

सहकारीको ४३ करोड हिनामिना गर्ने चारजना कारागार चलान

कृषिको ‘पकेट क्षेत्र’मा ६७ करोड लगानी Read Next

कृषिको ‘पकेट क्षेत्र’मा ६७ करोड लगानी