काठमाडौं । सुनको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको भाउ एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत चैत ५ गते प्रतितोला १ लाख १०हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड राखेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि दिनदिनै महँगिएको हो । विश्व अर्थतन्त्र छाइरहेको मन्दीका कारण विश्वभरका ठूला लगानीकर्ताले सुरक्षीत लगानीका रुपमा सुनमा लगानी गर्न थालेपछि भाउ आकाशिँदै गएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।