काठमाडौं । यति एयरलाइन्सबाट पोखरा जाँदा यात्रुले अन्नपूर्ण केबलकारको टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् ।
दुई कम्पनीले पोखरा जाने यात्रुलाई लक्षित गर्दै उक्त अफर ल्याएका हुन् । यति एयरलाइन्सका अनुसार काठमाडौंबाट पोखरा जाने यात्रुले अन्नपूर्ण केबलकारको टिकटमा ५० प्रतिशत छुट पाउने भएका हुन् ।
साथै, एयरलाइन्सले पोखराको फिस्टेल गेटदेखि अन्नपूर्ण केबलकार स्टेसनसम्म निःशुल्क बस सेवा उपलब्ध गराउने छ ।
यात्रुले बोर्डिङ पासका साथै छुटको भौचर पाउने एयरलाइन्सले जनाएको छ ।