नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चिने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ। एडीबीले डेभलपमेन्ट आउटलुक प्रकाशित गर्दै नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।

यस अघिका दुई आर्थिक वर्षमा नेपालले आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य भेटाउन नसकिरहेको अवस्थामा एडीबीले २०२३ का लागि आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण गरेको हो ।

सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२४ मा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ ।

राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेसँगै नेपालको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर सुस्त गतिमा भएको र अर्थतन्त्रमा आन्तरिक मागमा कमी आएको एडीबीले जनाएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष श्रीलंकाको आर्थिक वृद्धिदर नकारात्मक रहने छ भने अन्य सबै देशको सकारात्मक रहने प्रक्षेपण एडीबीको छ ।

भारतले ६.४ प्रतिशत, माल्दिभ्सले ७.१ प्रतिशत, बंगलादेशले ५.३ प्रतिशत, भुटानले ४.६ प्रतिशत र पाकिस्तानले ०.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछन् । मुद्रास्फीति पाकिस्तानमा २७.५ प्रतिशत र श्रीलंकामा २४.६ प्रतिशत रहने अनुमान छ ।

नेपाल र माल्दिभ्सको आर्थिक वृद्धिदरमा पर्यटनमा आएको पुनरुत्थान र जलविद्युत उत्पादनमा आएको वृद्धिले ठूलो सहयोग गरिरहेको एडीबीले जनाएको छ ।

यति एयरलाइन्सबाट पोखरा जाँदा अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुट Read Previous

यति एयरलाइन्सबाट पोखरा जाँदा अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुट

अनलाइनबाट तिरेको राजस्व ट्राफिक प्रहरीद्धारा अस्वीकार, क्यानले गुहार्‍यो सरकार Read Next

अनलाइनबाट तिरेको राजस्व ट्राफिक प्रहरीद्धारा अस्वीकार, क्यानले गुहार्‍यो सरकार