थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा (सूचीसहित)

काठमाडौं । हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीतिअनुसार सरकारले थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत २० गते राजपत्रमा सूचना प्रकाशित गर्दै ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।

गत फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रालयले सो निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित विवरण अनुसार काभ्रेपलान्चोकको मण्डनदेउपुर ६ र बेथानचोक २, नुवाकोटको लिखु ४, म्याग्दीको रघुगंगा २, पाल्पाको रिब्दिकोट ३, गुल्मीको रुरु क्षेत्र ४, जुम्लाको तातोपानी गाउँपालिका २ र दार्चुलाको अपि हिमाल ४ मा औद्योगिक ग्राम घोषणा गरेको हो ।

सरकारले ती स्थानीय तहमा औद्योगिक क्षेत्र निर्माणका लागि सीमांकन समेत गरेको छ ।

 

नयाँ वर्षदेखि काठमाडौं प्लाजाबाट सेवा दिने तयारीमा कामपा Read Previous

नयाँ वर्षदेखि काठमाडौं प्लाजाबाट सेवा दिने तयारीमा कामपा

सेयर बजारले नयाँ अर्थमन्त्रीलाई पत्याएन, लगातार तेस्रो दिन गिरावट Read Next

सेयर बजारले नयाँ अर्थमन्त्रीलाई पत्याएन, लगातार तेस्रो दिन गिरावट