काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । नयाँ अर्थमन्त्रीमा डा. प्रकाशशरण महत आए यता नेप्सेमा लगातार तेस्रो दिन गिरावट आएको हो । पछिल्लो ३ दिनमै नेप्से ४१ अंकले घटेको हो ।
अर्थमन्त्री महतले अर्थतन्त्र र सेयर बजारमा समस्या समाधान गर्न लगातार सरोकारवालासँग छलफल गरे लगानीकर्ता आशावादी हुन सकेका छैनन् ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा आइपुगेको छ । यसदिन २६४ कम्पनीको ९१ करोड ७६ लाख रुपैयाँ बढीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक हरियाली भएको छ भने ६ समूहको राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया ३ करोड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज प्रभु बैंकका डिबेन्चरधनीले सर्वाधिक ९.२९ प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा पनि आज कालिञ्चोक दर्शनको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।