निगमले घटायो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यास बाहेक अरु सबै इन्धनको भाउ घटाउने निर्णय गरेको हो ।

निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमै १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो । त्यस्तै, पेट्रोलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

भाउ घटेसँगै अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको प्रतिलिटर १७५ रुपैयाँ कायम हुने छ ।

खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर यथावत राखेको छ । पछिल्लो डेढ महिना यता भारतबाट लगातार भाउ घटेर आए पनि निगमले भने बल्ल घटाएको हो ।

ज्ञानेन्द्रलाल प्रधान धितोपत्र बोर्डको कारबाहीमा, १० वर्ष संचालक बन्न नपाउने Read Previous

ज्ञानेन्द्रलाल प्रधान धितोपत्र बोर्डको कारबाहीमा, १० वर्ष संचालक बन्न नपाउने

सिटी होटलको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

सिटी होटलको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?