ज्ञानेन्द्रलाल प्रधान धितोपत्र बोर्डको कारबाहीमा, १० वर्ष संचालक बन्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर कम्पनीका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गरेको छ ।

आइतबार बसेको बोर्ड संचालक समितिको बैठकले उनलाई कारबाही गर्ने निर्णय गरेको हो । प्रधानले धितोपत्र दर्ता तथा निष्कासन नियमावली विपरीत कारोबार गरेको ठहर गर्दै बोर्डले कारबाही गरेको हो ।

धितोपत्र नियमावली अनुसार कुनै पनि पब्लिक कम्पनीको संचालक हुँदा सेयर कारोबार गर्न नपाइने भए पनि प्रधानले आफू पदमा हुँदै आफ्नो नामको सेयर परिवारको नाममा हस्तान्तरण गरेको पाइएको छ ।

बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१ (७) अनुसार कारबाही गर्दै ७५ हजार जरीवाना गरेको छ। साथै, बोर्डले उनलाई १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा संचालक हुन नपाउने जनाएको छ ।

 

मर्जरपछि बनेको 'सिद्धार्थ प्रिमियर इन्स्योरेन्स'को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ? Read Previous

मर्जरपछि बनेको 'सिद्धार्थ प्रिमियर इन्स्योरेन्स'को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ?

निगमले घटायो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति ? Read Next

निगमले घटायो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति ?