काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा साविकको सिद्धार्थ इन्स्यारेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’को सेयर सूचीकृत भएको हो ।
नेप्सेमा साविकको सिद्धार्थ र प्रिमियर मर्ज हुँदा कायम भएको १:१ सेयर अनुपातका आधारमा सिद्धार्थ प्रिमियरको नाममा २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर सूचीकृत भएको छ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ६३७.६१ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा बुधबार कम्पनीको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सको सेयर कारोबारका लागि नेप्सले SPILसंकेत चिह्न दिएको छ ।