पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर संचालनमा

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिब वितरक आइएमई मोटर्सले पोखरामा नयाँ शाखा र सर्भिस सेन्चर संचालनमा ल्याएको छ । कम्पनीले ग्राहकको सुविधालाई मध्येनजर गर्दै आइतबारदेखि पोखरा–बाग्लुङ राजमार्गको पस्र्याङमा नयाँ शाखा र सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

छिटो र भपरर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका उक्त शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।  आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले कम्पनीको ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी नेटवर्क विस्तार गरेको बताए ।

‘हाम्रो प्रतिबद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई हाम्रा आदरणीय ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ,’ उनले भने ।

उनले ग्राहक सेवा र सन्तुष्टिमा पूर्ण ध्यान केन्द्रित गर्दै आईएमई मोटर्स/अशोक लेल्यान्ड ग्राहकका माग र अपेक्षाहरू पूरा गर्न प्रतिबद्ध रहेको बताए ।  कम्पनीका प्रमुख दुई रणनीतिक पिलर ‘सेल्स पोइन्टमा बेस्ट–इन–क्लास ग्राहक अनुभव’ र ‘छिटो र भरपर्दो बिक्री पछिको सेवा’ रहेको उनको भनाइ छ ।

ग्राहकका लागि नयाँ र समसामयिक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्सले यो शाखा विस्ताले नेपाली बजारमा अझ गहिरो पहुँच राख्ने र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने  बताएको छ ।

अशोक लेल्यान्डका देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा ल्याउँदै छ । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा आउँदै छन् ।

विश्वस्तरीय रिटेल ब्रान्ड अफरिङ र उत्कृष्ट सवारी साधन स्वामित्व अनुभव सुनिश्चित गर्दै ग्राहक सेवा अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइने कम्पनीले बताएको छ ।

साथै, आइएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, भएएचपीपीएल (भेन्चर हायर पर्चेज प्रालि) र नबिल बैंकसँग सम्झौता गरेको छ ।

महालक्ष्मी विकास बैंकले घर किन्न १२.९९ प्रतिशत ब्याजदरमै ऋण दिने Read Previous

महालक्ष्मी विकास बैंकले घर किन्न १२.९९ प्रतिशत ब्याजदरमै ऋण दिने

स्मार्टफोन उत्पादनमा छलाङ मार्दै भारत, एक वर्षमै १३ खर्बको निर्यात Read Next

स्मार्टफोन उत्पादनमा छलाङ मार्दै भारत, एक वर्षमै १३ खर्बको निर्यात