महालक्ष्मी विकास बैंकले घर किन्न १२.९९ प्रतिशत ब्याजदरमै ऋण दिने

काठमाडौं। महालक्ष्मी विकास बैंकले घर किन्न १२.९९ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो ।

बैंकले आवास कर्जा अन्तर्गत घर किन्न वा निर्माण गर्न चाहनेलाई लक्षित गर्दै १२.९९ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको हो ।

महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने भएको छ । उक्त छुट सुविधा सीमित अवधिका लागि रहेको बैंकले जनाएको छ।

आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु पनि दिने छ। उक्त सुविधा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्।

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी Read Previous

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर संचालनमा Read Next

पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर संचालनमा