काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ ।
गत पुस ११ गते गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता गरेका दुई लघुवित्तले चैत १६ गते अन्तिम सम्झौता गरेका हुन् ।
मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेका दुई लघुवित्त मर्ज हुन लागेका हुन् ।
हाल नेरुडेको चुक्ता पूँजी ७३ करोड २० लाख रुपैयाँ रहेको छ मिर्मिरेको ६५ करोड ३३ लाख रुपैयाँ रहेको छ ।