काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्र्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीबाट शनिबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १.७४ रुपैयाँ र डिजेलमा ६.८२ रुपैयाँ भाउ घटेर आएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य घटेसँगै आइओसीले पनि निगमलाई भाउ घटाएर पठाएको हो । यसअघि चैत २ गते आइओसीले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा १.५० रुपैयाँ भाउ घटेर आएको थियो ।
अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । भारतबाट भाउ घटेर आए पनि निगमले मूल्य घटाउने/नघटाउने बारे केही बताएको छैन । अघिल्लो पटक पनि भाउ घटेर आए पनि निगमले भने घटाएको थिएन ।