किसान लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले भोलि (चैत २० गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ७ बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेका छ ।

उक्त लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।लघुवित्तले प्रस्तावित लाभांश पारित गर्न चैत २८ गते वार्षिक साधरण सभा बोलाएको छ ।

भारतबाट घटेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ? Read Previous

भारतबाट घटेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

राष्ट्र बैंकद्धारा वित्तीय साक्षरता मार्गदर्शन जारी Read Next

राष्ट्र बैंकद्धारा वित्तीय साक्षरता मार्गदर्शन जारी