उडिरहेको जहाजमा टिकटक बनाउने हिमालय एयरलाइन्सका ३ ‘क्याबिन क्रु’ निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उडानको क्रममा फोटो भिडियो खिचेर टिकटक बनाउने हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’लाई निलम्बन गरेको छ ।

हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार चालक दलका तीन सदस्यलाई कारबाही गरेको हो ।

प्राधिकरणका अनुसार बिहीबार काठमाडौं-दोहा रुटमा उडानमा रहेको एच ९-५६३ उडान नम्बरको जहाज पाकिस्तानको आकाश माथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोस्टेस टिकटक भिडियो बनाएको पाइएको छ ।

पछिल्लो समय जहाज चालक दलका सदस्यहरु भाइरल हुने लोभमा नियम उल्लंघन गरी आकाशमा टिकटक बनाउने प्रवृत्ति बढ्दै गएको छ ।

 

ट्राफिकद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरू Read Previous

ट्राफिकद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरू

मदन भण्डारी राजमार्ग : तोकिएकै समयमा निर्माण पूरा नहुने, अझै २८६ किमी ठेक्का लाग्न बाँकी Read Next

मदन भण्डारी राजमार्ग : तोकिएकै समयमा निर्माण पूरा नहुने, अझै २८६ किमी ठेक्का लाग्न बाँकी