ट्राफिकद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरू

काठमाडौं । ट्राफिक प्रहरीले क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि क्यूआरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको हो ।

सिफारिसपत्रमा शङ्का लागेमा जुनसुकै क्यूआर कोड रिडरमार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी जाँच गर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्यूआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरिएको बताए ।

सवारीसाधनको कागजपत्र हराएको भनी प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्र भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिँदै आएको छ ।

अब श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने Read Previous

अब श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

उडिरहेको जहाजमा टिकटक बनाउने हिमालय एयरलाइन्सका ३ ‘क्याबिन क्रु’ निलम्बित Read Next

उडिरहेको जहाजमा टिकटक बनाउने हिमालय एयरलाइन्सका ३ ‘क्याबिन क्रु’ निलम्बित