काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा रिडी पावरको बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार नेप्सेमा रिडीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ४० प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।