जीवन विकास लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १४.२९ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयर मूल्य १३७०.२६ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा आइतबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

नेप्सेमा रिडी पावरको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा रिडी पावरको बोनस सेयर सूचीकृत

सूर्यविनायक-साँगा सडक ६ लेनमा विस्तार सुरू, साँगामा डेढ किमी नयाँ सडक बनाइने Read Next

सूर्यविनायक-साँगा सडक ६ लेनमा विस्तार सुरू, साँगामा डेढ किमी नयाँ सडक बनाइने