नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला ३ दिनमा लगातार ३० अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले बढेर ८९ करोडमा पुगेको छ ।

बिहीबार सेयर बजार मापक सूचक नेप्से १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र म्युचुअल फण्डबाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.११ प्रतिशतले घटेको छ ।

आज शिवम सिमेन्टकोे सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी ३ करोड र जीवन विकास लघुवित्त २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ । त्यस्तै, जाल्पा लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, विशाल बजार, मनकामना स्मार्ट र वीन नेपाल लघुवित्तको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

२५ करोडसम्म पूँजी भएका कम्पनीलाई 'साना'को सूचीमा राख्दै बोर्ड, यस्ता छन् प्रस्तावित नयाँ व्यवस्था Read Previous

२५ करोडसम्म पूँजी भएका कम्पनीलाई 'साना'को सूचीमा राख्दै बोर्ड, यस्ता छन् प्रस्तावित नयाँ व्यवस्था

बैंकमा पैसा राखेर ब्याज खाने बढे, निक्षेपमा मुद्दतीकाे हिस्सा दोब्बरले बढ्यो Read Next

बैंकमा पैसा राखेर ब्याज खाने बढे, निक्षेपमा मुद्दतीकाे हिस्सा दोब्बरले बढ्यो