काठमाडौं । एकैपटक प्रभु बैंकका १५ जान संस्थापक (प्रमोटर) सेयरधनीले आफ्नो नाममा भएको सेयर बेच्ने भएका छन् ।
बैंकले बिहीबार एक सूचना जारी गर्दै ती सेयरधनीले लिलामीमार्फत कुल १४ लाख १६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे जानकारी दिएकाे हाे ।
बैंकका अनुसार सबैभन्दा धेरै सैलेश श्रेष्ठले ६ लाख कित्ता संस्थापक सेयर बेच्ने भएका हुन् । त्यसैगरी, डेगेन्द्रकुमार श्रेष्ठले २ लाख कित्ता, धर्मभक्त बल्लले १ लाख ६५ हजार ९१ कित्ता, प्रदीपमान वैद्य १ लाख ३४ हजार २१८ कित्ता, भुपाल दाहाल ६२ हजार १५२ कित्ता सेयर बेच्ने भएका छन् ।
त्यस्तै, ज्ञानेन्द्रप्रसाद श्रेष्ठ ३२ हजार कित्ता, रत्नबहादुर अवाले ३४ हजार ५८५ कित्ता, केशव तुलाधर ३१ हजार ८९१ कित्ता, कमान सिंह खड्का २९ हजार कित्ता, जयप्रकाश चौधरी १६ हजार १५९ कित्ता, केदार प्रसाद श्रेष्ठ ४७ हजार १६८ कित्ता, दुर्गा बोहरा २१ हजार ३७० कित्ता, झपटबहादुर बोहरा १५ हजार ६९ कित्ता, मनोज कुमार जोशी १८ हजार ९६० कित्तार बिमल तिमल्सिनाले ८ हजार ५३२ कित्ता सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान सेयरधनीले आजको ३५ दिनभित्र केन्द्रीय कार्यालय बबरमहलमा आवेदन दिनुपर्नेछ ।लगानीकर्ताले आफूले लिन चाहेको सेयर कित्ता र मूल्य तोकी आवेदन दिनुपर्नेछ । उक्त लिलामी सेयरको न्यूनतम मूल्य भने तोकिएको छैन ।
तोकिएको समयमा सबै सेयर नबिकेमा दोस्रो चरणमा सर्वसाधरण लगानीकर्ता वा कम्पनीले आवेदन दिन पाउने बैंकले जनाएको छ ।