सिटिजन्स बैंकले सातै प्रदेशमा वित्तीय कार्यक्रम गरी मनायो ‘ग्लोब मनी वीक’

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ‘प्लान योर मनि, प्लान्ट योर फ्यूचर मूल नाराका साथ ‘ग्लोब मनी वीक २०२३’ मनाएको छ ।बैंकले देशका सातै प्रदेशमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी ग्लोबल मनी वीक मनाएको हो ।

बैंकले ग्लोबल मनी वीक मनाउन कोशी प्रदेशको विराटनगर, धरान, सलकपुर, बानिघाम, मधेश प्रदेशको डीएभीआरभी केडिया स्कुल, कृष्ण प्रणामी , बाग्मती प्रदेशको थली, कलङ्की, सिन्धुली, सूर्यविनायक, भैंसीपाटी, चाबहिल, मंगलपुर, भरतपुर, तादी, ज्यामिरे, सामाखुसी, महाबौध, धुम्बाराही, थसीखेलमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो ।

त्यस्तै, गण्डकी प्रदेशको अमरापुरी, चाँमे, सिमलचौरमा, लुम्बिनी प्रदेशको बढैयाताल , घोराहीेको शान्ति सुधा बोर्डिङ स्कूल, नेपालगन्ज, कोहलपुरको गोपीगन्जको आदर्श उच्च माध्यमिक विद्यालय, पिपराको बाणगंगा माध्यमिक विद्यालय ,फर्साटिकरको श्री बङ्गाई माध्यमिक विद्यालयमा, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, जाजरकोट, नाम्खा,सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको मोहन्याल, महेन्द्रनगर, धनगढी, बझाङ, अत्तरिया, ढँकारीमा पनि विभिन्न वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त क्रार्यक्रमा उपस्थित विधार्र्थी, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपालीजनहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको थियो । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो।

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तिय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशभरका १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १५ लाख ४० हजर भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

३ वर्षपछि रसुवागढी-केरुङ नाकाबाट दुईतर्फी व्यापार र आवतजावत खुला गरिँदै Read Previous

३ वर्षपछि रसुवागढी-केरुङ नाकाबाट दुईतर्फी व्यापार र आवतजावत खुला गरिँदै

चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व-पश्चिम रेलमार्गको डीपीआर बनाइँदै Read Next

चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व-पश्चिम रेलमार्गको डीपीआर बनाइँदै