आर्थिक स्थिति सुध्रिएसँगै श्रीलंकाले ह्वात्तै घटायो इन्धनको मूल्य

काठमाडौं । श्रीलंकाको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य ह्वात्तै घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका हुन् ।

मन्त्री विजेसेकराका अनुसार आज मध्यरातपछि पेट्रोलको भाउ प्रतिलिटर रु. ६०, डिजेलको रु. ८० र मट्टितेलको रु. १०घट्ने छ ।अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् ।

साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य २०० प्रतिशतले बढेको थियो ।

अर्थमन्त्री नहुँदा बजेट निर्माण प्रक्रिया अस्तव्यस्त, आर्थिक प्रशासन अलमलमा Read Previous

अर्थमन्त्री नहुँदा बजेट निर्माण प्रक्रिया अस्तव्यस्त, आर्थिक प्रशासन अलमलमा

जीवन विकाससहित २ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

जीवन विकाससहित २ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन