नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार नेप्सेमा मुक्तिनाथको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको १३.५ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अर्थतन्त्र : बाहिर टाल्न खोज्दा भित्र चौपट Read Previous

अर्थतन्त्र : बाहिर टाल्न खोज्दा भित्र चौपट

ग्लोबल आइएमई बैंकले मनायो 'ग्लोबल मनी वीक' Read Next

ग्लोबल आइएमई बैंकले मनायो 'ग्लोबल मनी वीक'