सीजीफिन्कोले पूरा गर्यो २० औं वर्ष, उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० औं वर्ष पूरा गरेको अवसरमा ग्राहकहरू प्रति सम्मान व्यक्त गरेको छ ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्षनिर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफू माथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान व्यक्त गरे ।

अध्यक्ष चौधरीलेआफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्दै नयाँलगानी र महत्वपूर्ण निर्णयहरू गर्दा कम्पनीबाट आफूलाई प्रोत्साहन मिल्ने गरेको बताए ।

उनले सीजीफिन्को वैदेशिक मुद्रा भित्रयाउने जिम्मेवारीमा अब्बल रहँदै आएको र विदेशबाट पैसा पठाउने भरपर्दो माध्ययम बनेको बताए ।

‘सीजीफिन्कोले मेरोविजनेश करियरमाखास महत्व राख्छ। मलाई लाग्छ २० वर्षअघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आज विप्रेषण उद्योग नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ,’ चौधरीले भने ।

कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्रप्रदान गरेको थियो । जस अन्तर्गत, मार्केटिङजिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमाशर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिषकुमार हमाल सम्मानित भएका छन् ।

२००३ मा स्थापितसीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिलेचार हजार भन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।

 

नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत

भारतीय अवरोधका कारण कुहिँदै ८०० टन जडीबुटी Read Next

भारतीय अवरोधका कारण कुहिँदै ८०० टन जडीबुटी