नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा आज एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार नेको इन्स्योरेन्स, अपि पावर, साधना लघुवित्त र आरएसडीसी लघुवित्तले गत वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नेको इन्स्यारेन्सले गत वर्षको नाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस बापतको २६ लाख २४ हजार ८१८.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी,अपि पावरको ७.५ प्रतिशत अर्थात् २८ लाख ८३ हजार ६८६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, साधना लघुवित्तको १९ प्रतिशत अर्थात् ६ लाख १० हजार ३२८.४५ कित्ता र आरएसडीसी लघुवित्तको ६ लाख ४४ हजार १२४.५९ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत चारै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

चक्रपथ विस्तार पर धकेलिँदै, 'साइट क्लियरेन्स' नभई चिनियाँ टोली नआउने Read Previous

चक्रपथ विस्तार पर धकेलिँदै, 'साइट क्लियरेन्स' नभई चिनियाँ टोली नआउने

सीजीफिन्कोले पूरा गर्यो २० औं वर्ष, उत्कृष्ट कर्मचारी सम्मानित Read Next

सीजीफिन्कोले पूरा गर्यो २० औं वर्ष, उत्कृष्ट कर्मचारी सम्मानित