काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड ८१ लाख ७६ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ७६० कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा कम्पनीले ‘इक्रा एनपी आइआर त्रिपल बी माइनस’ रेटिङ पाएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।