दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (चैत १२ गते) अन्तिम दिन रहेको छ । सिक्लेस हाइड्रोपावर र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरणसभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १३ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर प्रयोजनसहित १०.५३ प्रतिशत बोनस नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन

चालु वर्षमा १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता, कसले कति ? Read Next

चालु वर्षमा १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता, कसले कति ?