एटीसीसँग अश्लिल शब्द बोल्ने हेलिकप्टर पाइलट निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं-लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो ।

‘यही २१, मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएकोछ,’ प्रवक्ता निरौलाले भने।

त्यसैगरी, उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् ।

३ ब्रोकर कम्पनीले पाए शाखा खोल्ने अनुमति, कुनले कहाँ ? Read Previous

३ ब्रोकर कम्पनीले पाए शाखा खोल्ने अनुमति, कुनले कहाँ ?

इन्साइडर ट्रेडिङको अभियोगमा गुरु न्यौपानेविरुद्ध मुद्दा दायर Read Next

इन्साइडर ट्रेडिङको अभियोगमा गुरु न्यौपानेविरुद्ध मुद्दा दायर