काठमाडौं । थप ३ ब्रोकर कम्पनीले शाखा विस्तारका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले नासा सेक्यरिटीज, शनि सेक्युरिटीज र आर्यातारा इन्भेस्टमेन्टलाई शाखा खोल्न अनुमति दिएको हो ।
बोर्डका अनुसार नासा र शनिले पोखरामा शाखामा खोल्ने अनुमति पाएका छन् भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने अनुमति पाएको हो ।
हालै बोर्डले ब्रोकर कम्पनीले निवेदन दिएको १५ दिनमै शाखा खोल्न अनुमति पाउने व्यवस्था गरेको छ । सो व्यवस्थापछि पहिलोपटक ३ ब्रोकरले शाखा खोल्न अनुमति पाएका हुन् ।
यसअघि बोर्डले एकैपटक ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा खोल्न अनुमति दिएकाे थियाे । थप दुई कम्पनी शाखा विस्तारको पाइप लाइनमा रहेको बोर्डले जनाएको छ । जेएफ सेक्युरिटीज र भिजन सेक्युरिटीजले यसै साता निवेदन दिएका हुन्।