एकैपटक रेमिट्यान्स, मनिचेञ्जर र बैंकको सञ्चालक बन्न नपाइने

काठमाडौं । एउटै व्यक्ति एकैसाथ बैंक तथा वित्ती संस्था, रेमिट्यान्स कम्पनी र मनी चेञ्जर कम्पनीको संचालक समितिमा बस्न नपाउने भएको भएको छ । नेपाल राष्ट्र बैंकले ‘विप्रेषण विनियमावली २०७६’ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधित व्यवस्थामा भनिएको छ ‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर र विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।’

त्यस्तै, एउटा मनिचेञ्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकैपटक अन्य मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन नपाउने व्यवस्था गरेको छ ।

अहिले कुनै व्यक्ति दोहोरिएको भएमा २०८० असोजभित्र अनिवार्य रुपमा एउटा मात्र कम्पनीको संचालक भइसक्नुपर्नेछ ।तर, नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा उपयुर्क्त व्यवस्थाले बाधा नपुर्याउने राष्ट्र बैंकले जनाएको छ ।

मोदी इनर्जीको आइपीओ भर्ने म्याद थप Read Previous

मोदी इनर्जीको आइपीओ भर्ने म्याद थप

थपेको म्याद सकिनै लाग्दा नारायणघाट-बुटवल सडकको बल्ल एकचौथाई काम पूरा Read Next

थपेको म्याद सकिनै लाग्दा नारायणघाट-बुटवल सडकको बल्ल एकचौथाई काम पूरा